Main Menu

अार्थिक सहयाेग जुटे बाँच्न सक्छन् कृष्ण केसी

economic-help-could-save-krishna-kc

प्युठान नगरपालिका वडा नम्वर ९ निवासी कृष्ण केसी मृत्यु र जीवन दाेसाँधमा अस्पतालकाे शय्यामा छन् । केसीकाे घरमा हरिविजाेग छ । सुन्दा पनि शरीर काम्ने र डरलाग्दाे दर्दनाक घटनाले कृष्ण केसीकाे परिवार पीडित छ ।

२०७३ सालकाे तिहारमा सबैले टीका लगाउँदै रमाउँदै गर्दा केसीकाे भाइ २५ वर्षीय कुल वहादुर केसी (फुर्से) काे तिहारकै दिनमा असामान्य रूपमा मृत्यु भयाे । बुबा, अामा, श्रीमती अनि छाेराहरूकाे अाम्दानीकाे स्राेतमा ठूलै धक्का पुग्याे । त्यसको १ वर्ष नबित्दै २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनकाे चलपहल तीव्र गतिमा बढेकाे बेला केसीकाे परिवारकाे मूल खाँबाे अथवा बुबा डिमबहादुर केसीकाे जेष्ठ २८ गते घरमै दुर्घनामा परी मुत्यु भयाे ।

गरिब परिवारकाे अाम्दानीका स्राेत पुरै बन्द हुने अवस्थामा पुग्याे । दिन प्रतिदिन गरिबीकाे घेराले च्याप्दै गयाे । बिहान वेलुका छाक टार्न धाैधाै हुने अवस्था अायाे ।

दुई छाेरा, एक छाेरी र बुबा-अामा रहेकाे परिवारमा छाेरी रिनालाई ठूलै स्वास्थ्य समस्या अाएपछि स्थानीय जिल्ला अपस्पतालमा उपचार गराउँदा गराउँदै धेरै धन पैसा सकियाे अनि जिल्लामा निकाे नहुने भएपछि बाध्यतावसश बहिनी रिना केसीकाे थप उपचारकाे लागि काठमाडाैँ लगियाे । ऋणले च्यापेकाे गरिब परिवारलाई उपचार गराउन अति नै संकट परेकाे थियाे ।

गाउँबाट बहिनीकाे उपचारकाे लागि रकमकाे जोहो गरी काठमाडाैँ पुग्दा बहिनीकाे स्वास्थ्य नराम्राे देखेपछि कृष्ण केसी अस्पतालमा हृदयघाट भएर मुर्छा परे, जसकाे असर टाउकाेमा पर्न गएछ । उपचार गर्न गएका दाजु अाफै विरामी पर्दा बहिनीकाे उपचार प्रक्रियामा प्रत्यक्ष असर पर्न गयाे ।

दाजु बेहाेस भएर लडेकाे ३ दिनपछि बहिनीकाे निधन भयो । बहिनीकाे उपचार खर्चका कारणले ऋण ग्रस्त केसी परिवारमा अर्काे बज्रपात भयाे । बहिनीकाे शवकाे अन्त्यष्टि नहुँदै यता कृष्ण केसीकाे टाउकोकाे अप्रेसन गर्नका लागि लाखाैँ रूपैयाकाे अावश्यकता परेकाे अस्पतालले जानकारी गरायाे ।

घरकाे सम्पत्तिको नाममा थाेरै खेत थियाे, त्यही खेत पनि बिक्री गरि त्याे रकम उपचारमा खर्च गरियाे । तर, त्याे रकमले न त कृष्ण केसीको उपचार खर्च पुग्याे, न त पुरानाे ऋण नै तिर्न पुग्याे । केसी न त मर्न सके, न त उनलाई बचाउने रकम नै जुट्याे । अति पीडाले थलिन थाले कृष्ण ।

घरमा वृद्ध अामा, श्रीमती र नाबालक छाेराबाहेक काेही थिएनन् । यति मात्र हाेइन, घरमा रहेकाे बालक छाेराकाे हात भाँचेकाे भाेलिपल्ट काठमाडाैँमा फुपूकाे मृत्यु हुनपुग्याे । कृष्णकाे लागि काठमाडाैँमा विरामी कुरूवासमेत भएन ।

घरका मुख्य मान्छेमध्ये बुबा, भाइ र बहिनीकाे मृत्यु भइसकेकाे छ भने कृष्ण अस्पतालकाे शय्यामा बेहाेस अवस्थामा छन । घरमा बृद्ध अामा र बालबच्चासहित श्रीमती छन् । खेती गर्ने जग्गा छैन, काम गर्ने मान्छे छैन । त्यसमाथि कृष्णकाे लागि दिन प्रतिदिन महँगाे अाैषधी खर्च ।

विपत त सबै मानिसलाई पर्न सक्छ, तर यति दयनीय विपत समाजमा बिरलै हुने गर्छ । साँच्चै भन्ने हाे भने याे परिवारकाे लागि अार्थिक सहयाेगबिना न त कृष्णलाई बचाउन सकिन्छ, न त घरका सदस्यहरूकाे जीवन निर्वाह नै गराउन सकिन्छ ।

कृष्णको लागि कतिपय सहयाेगी हातहरूबाट रकम संकलन भएका छन् । इजरायलमा रहेका नेपाली समाजले कृष्ण केसी उपचारमा सहयाेग गर्न भनी मेनुका भण्डारीकाे नेतृत्वमा रु. ६० हजार रकम उपलब्ध गराएको छ । मेनुका भण्डारीले पठाएकाे रकम उनका बुबा डेडमान भण्डारीले कृष्ण केसीकाे अामालाई हस्तान्तरण गरेका थिए ।

  • रमेश गिरी
(Visited 318 times, 1 visits today)

टिप्पणी

comments