Main Menu

डच भलिबल संघले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने

 

dutch-volleyball-association-train-nepali-teamसाउन १०, काठमाडौँ । नेदरल्यान्डस भलिबल संघले नेपाली भलिबल राष्ट्रिय टोलीलाई आगामी दुई वर्षका लागि प्रशिक्षक उपलब्ध गराउने भएको छ ।

सम्झौतामा नेदरल्यान्डस भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक तथा बल र नेटलगायत सामग्री उपलब्ध गराइने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाइने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय छवि उजिल्याउन पहल गरिने र नेपाली प्रशिक्षकलाई तालिम दिइने उल्लेख छ ।

सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेदरल्यान्डस भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हिजो यहाँ सम्झौतामा हस्ताक्षर गरे । सो अवसरमा टरेलले नेपाली भलिबललाई उचाइमा पुर्याउन नेदरल्यान्डस भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रशिक्षक म्याट भान विजल र तरेल हिजो बिहान नेपाल आइपुगेका हुन् ।

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments