Main Menu

माधव घिमिरेलाई ज्ञानेन्द्रले दिएका हुन् ‘राष्ट्र कवि’ को पदवी

(जीवन, समाज, राज्य र राजनीतिमा बेथिति भइरहेछ भने त्यसबारे सम्बन्धितहरुलाई सचेत गराउने काम बौद्धिकहरुको हो । किनभने, तुलनात्मक रुपमा अरुमा भन्दा बढी बुद्धि हुने र काम पनि बुद्धिकै गरिरहने भएकोले सही र गलत छुट्याउने बढी क्षमता उनीहरुमा हुने बिश्वास गरिन्छ । तर, वर्तमानमा बुद्धिजीबीहरुले त्यस्तो गरिरहेछन् या छैनन् भन्ने सवालमा नेपाली समाजमा आममानिसहरु माझ प्रश्न उठिरहेको छ । यस विषयमा मार्क्सवादी चिन्तक एवं समालोचक निनु चापागाईंले गत फागुन १ गते साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकालको स्मृतिमा पोखरामा भएको प्रवचन गोष्ठीमा महत्वपूर्ण बिचार दिए । उनको सो प्रवचनलाई सम्पादन गरी त्यसको पहिलो खण्ड हामीले गत चैत ५ गते  र  दोश्रो खण्ड  गत  वैशाख १ गते प्रकाशित गरेका थियौं । त्यसको बाँकी एवं तेश्रो खण्ड यहाँ प्रकाशित गरिन्छ ।–सम्पादक ।)

माधव घिमिरे महेन्द्रका पालामा पनि थिए, ज्ञानेन्द्रको पालामा पनि थिए, ज्ञानेन्द्रले नै राष्ट्र कवि भनेर दिएका हुन् उनलाई पद पनि । अहिले पनि उनी नै छन् । अझ गजब, अहिले सेनाका सहायक रथीसमेत भए उनी । अरु त देख्दै देख्दैनन् पार्टीहरुले ।

समाजवादमा गएपछि पुँजिवादको पुनर्स्थापना किन हुन्छ ? भन्ने कुराको ठोस विश्लेषण सर्वहारा साँस्कृतिक क्रान्तिले गरेको छ । यद्यपि त्यो लेनिनका शिक्षाहरुमा छन्, लेनिनले नै के भन्नुभएको छ भने, ५ वटा स्रोतहरु छन् पुँजिवादका । ती स्रोतहरुको बारेमा अलि व्याख्या अनि विश्लेषण यो सर्वहारा साँस्कृतिक क्रान्तिको कालमा भयो । त्यसको साँस्कृतिक पाटोे छुट्टै महत्वको छ । राजनीतिक, वैचारिक एवं विचारधारात्मक रुपबाट पनि त्यसको भूमिका महत्वपूर्ण रहेको थियो । अब अहिले त एकथरीहरु के भनिराखेका छन् भने सर्वहारा साँस्कृतिक क्रान्तिको कुनै जरुरी छैन, आवश्यक छैन । अर्काथरी पनि त्यही दिशामा जान थालेको हो कि भन्ने शङ्का लाग्न थालेको छ । तर, चीनमा भएको साँस्कृतिक क्रान्ति अत्यन्त जरुरी थियो, किनभने सोभियत रुसले समाधान नगरेको कुरो त्यसले नै समाधान गर्ने प्रयत्न गरेको थियो ।

अर्को चाहिँ, ‘यसका लागि सर्वप्रथम मालेमावादी सौन्दर्य चिन्तनको गम्भीरतापूर्वक अध्ययन गर्नु आवश्यक छ ।’ माक्र्सवादी सौन्दर्यशास्त्रलाई विकसित गर्नको निम्ति । अघि मैले भनिनै सकेँ, हाम्रो त अध्ययन यति कमजोर छ, यति कमजोर छ, र सौन्दर्यशास्त्र पढ्नेहरु त हामी धेरै कमजोर छौँ । २–३ जना मान्छेहरुलाई सौन्दर्यशास्त्री भनेर भनिन्छ । मलाई पनि भन्ने गरिन्छ, खासमा मोहन वैद्य किरणजीलाई भन्ने गरिन्छ, वा अरु कसैलाई भन्ने गरिन्छ, जबकि हाम्रो पनि अध्ययन धेरै कमजोर छ भन्ने लाग्छ मलाई । म किरणजीसँग सँगै बसेर जब छलफल गर्न थाल्छु, त्यहाँ हाम्रा कमी कमजोरीहरुको बारेमा म आफैलाई अनुभूति हुन्छ । उहाँमा पनि केही कमजोरी छन् भनेर म आफूले देखेको छु । मैले भन्न सकेको छैन, त्यति मात्रै हो । मैले त भन्नुपर्ने अवस्था आइसकेको छ अब । त्यो म भन्छु होला । अस्ति उहाँसँग बसेर अलिकति केही तर्कवितर्क भएको छ त्यो बाहिर आइसकोस्, अनि म त्यसबारे प्रष्ट भन्छु । त्यसकारणले अध्ययन हाम्रो पटक्कै छैन । सबैभन्दा ठूलो समस्या त्यहिँनेर छ ।

क्रान्तिकारी लेखक भनिनेहरु अहिले सबै समाजवादी यथार्थवादी धारामा लेखिरहेको म देख्दिनँ । मैले त ५१/५२ देखि भन्दै आएको छु, एमालेभित्र अधिकांश लेखकहरु सर्वहारा वर्गसंघर्षसँग जोडिएर लेख्दैनन् ।

अब अर्को चाहिँ ‘यो प्रगतिवाद चाहिँ अलिकति लोकप्रिय भएन भन्ने’ कुरो छ । साँच्ची किन भएन त ? उहाँहरु एकदम मान्नुहुन्छ लोकप्रिय छैन भनेर । त्यसमा पनि उहाँले केही थप कुराहरु राख्नुभएको थियो । त्यो हामीले पनि ख्याल गर्नु जरुरी छ । अहिलेका लेखकहरुको दायित्व त्यो पनि हुनुपर्छ भन्न मैले खोजेको हुँ । उहा भन्नुहुन्छ, ‘प्रगतिवाद जनमानसमा राम्ररी प्रवेश गर्नुपथ्र्यो । त्यसरी प्रवेश गर्न भने नसकेकै हो । यसो हुनुका थुप्रै कारणहरु छन् ।

‘पहिलो : वर्ग पक्षधरताको चेतना नहुनु ।’

म एकदम समस्या देख्छु अहिले यो । हामी के भन्छौँ भने – सरिताजीले अलिकति कुरा गर्नुभयो, स्टेरियोटाइप लेखनको कुरो – एकथरिहरुले स्टेरियोटाइप लेखन भनेर समाजवादी लेखनवादको विरोध नै गर्न थालेको छन् । त्यो बिरोध यहाँ मात्रै गरिएको होइन, त्यस्तो बिरोध विश्वव्यापी छ । अर्काथरिहरु चाहिँ समाजवादी यथार्थमा नजानकै निम्ति बिरोध गर्छन् । मेरो कुरो चाहिँ के छ भने समाजवादी यथार्थवादी भन्नेहरुको पनि अहिले सबैभन्दा ठूलो समस्या वर्ग पक्षधरता कै छ । पहिलो कुरा चाहिँ सर्वहारावर्गीय पक्षधरता नलिने मानिस कम्युनिष्ट हुन सक्दैन, त्यो प्रगतिवादी लेखक पनि हुँदैन र हाम्रो सबैभन्दा ठूलो समस्या पनि यहिँनिर छ । क्रान्तिकारी लेखक भनिनेहरु अहिले सबै समाजवादी यथार्थवादी धारामा लेखिरहेको म देख्दिनँ । मैले त ५१/५२ देखि भन्दै आएको छु, एमालेभित्र अधिकांश लेखकहरु सर्वहारा वर्गसंघर्षसँग जोडिएर लेख्दैनन् । त्यहाँभित्र लेख्ने मान्छेहरु छन्; छैनन् भनेको होइन । त्यहाँ सबै बिग्रिएको पनि म भन्दिनँ । तर, ती बिग्रेका छैनन् भनेर हेर्नका निम्ति पनि वर्गपक्षधरता हुनुपर्ने रहेछ । किनभने वर्गपक्षधरता नभईकन त कोही प्रगतिवादी लेखक हुन सक्दैन, तर त्यो त देखिँदैन । कसले वर्गीय रुपबाट लेखिरहेको छ भनेर हेर्नका निम्ति पनि वर्गपक्षधरता चाहियो । अर्कोतिर पनि क्रान्तिकारी हुँ भनेर कम्युनिष्ट आन्दोलनमा लागेका छन्, तिनीहरु वर्गपक्षधर भएर लेखिरहेको म देख्दिनँ । आम रुपमा नै हामीकहाँ यो समस्या छ । त्यसकारण पनि मैले यो अहिले उठाउन खोजेको हुँ । घनश्यामजी कै कुरो हो यो ।

‘दोस्रो : समग्रमा नेपाल कम्युनिष्ट आन्दोलन विभाजित छ । आफ्नो गुटभन्दा बाहिर तिनले कसैलाई देख्दैन र अरुलाई निषेध गर्छ । यसरी एक समूहको लेखकले अर्को समूहको लेखकलाई निषेध गर्ने चलन यहाँ छ । एकले अर्कोलाई पहिचानमा मान्यता नदिँदा सबै कुनै न कुनै किसिमले निषेधित छन् ।’

एउटा गुटकोले अर्को गुटकोलाई स्पेस दिँदैन । यस्तो भएपछि सबै नै निषेधित हुने भइहाल्यो नि ! अनि जनताले कसरी राम्रोसँग आलोचना गर्ने ?

‘आफ्नै सरकार भएको बेलामा पनि यस्ता पार्टीहरुले आफ्ना लेखकहरुलाई होइन, विरोधीहरुलाई सम्मान गर्छन्, सुविधा दिन्छन् र सार्वजनिक सञ्चारका साधनहरुमा हावी गराउँछन् ।’

‘अझै, एउटा पार्टीभित्र गुट र उपगुट छन् । र, यसले गर्दा भित्रै पनि एकले अर्कोलाई निषेध गर्ने भइहाल्यो । त्यसैले प्रगतिवादी प्रगतिशील लेखकहरु आफ्नै पार्टीभित्र पनि उपेक्षित र निषेधित छन् ।’

दोस्रो बुँदामा उहाँ के भन्नुहुन्छ भने पार्टीले पनि लेखकहरुलाई स्थापित गर्ने काम गर्दैन । अब यस्तो व्यवहार तपाईंहरु कतिले अनुभव गर्नुहुन्छ ।

‘तेस्रो : पार्टीले साँस्कृतिक आन्दोलनलाई गम्भीरतापूर्वक लिनै सक्दैनन् ।’

साँस्कृतिक क्षेत्रमा प्रमुख भएर पनि काम गरेको आधारमा उहाँले शतप्रतिशत सही लेख्नुभएको छ भन्ने मलाई लाग्छ । कुरै सुन्दैनन् नेताहरु । उनीहरुलाई आवश्यक परे चुनावको बेलामा ‘चुनाव प्रचारप्रसार गर्दिनुपर्यो’ भनेर उनीहरु साँस्कृतिककर्मीहरुलाई खुब महत्व दिने गर्छन्, अरु बेलामा मतलब पनि राख्दैनन् । साँस्कृतिककर्मीहरु पनि मान्छे हुन् भन्नेसम्म पनि सोच्दैनन् उनीहरु ।
‘प्रगतिवादी साहित्यकारहरुलाई पार्टीसत्ताले जनतामा स्थापित गराउँदैनन् ।’

अब हेर्नुस् न, समानुपातिकमा यत्रा मान्छेहरु ल्याउँछन्, केकेमा मान्छेहरु ल्याउँछन्, साहित्यकारहरु पर्छन् ? कोही पर्दैनन् । मतलब नै राख्दैनन् ।

‘आफ्नै सरकार भएको बेलामा पनि यस्ता पार्टीहरुले आफ्ना लेखकहरुलाई होइन, विरोधीहरुलाई सम्मान गर्छन्, सुविधा दिन्छन् र सार्वजनिक सञ्चारका साधनहरुमा हावी गराउँछन् ।’

विचारधारात्मक रुपबाट भनेको सिद्धान्तका दृष्टिकोणले प्रष्टता नहुनु हो । अहिलेको गोलमाल भनेको यही नै हो ।

यसको उदाहरण माधव घिमिरे । माधव घिमिरे महेन्द्रका पालामा पनि थिए, ज्ञानेन्द्रको पालामा पनि थिए, ज्ञानेन्द्रले नै राष्ट्र कवि भनेर दिएका हुन् उनलाई पद पनि । अहिले पनि उनी नै छन् । अझ गजब, अहिले सेनाका सहायक रथीसमेत भए उनी । अरु त देख्दै देख्दैनन् पार्टीहरुले ।

‘तेस्रो : जोसुकैको सरकार भए पनि आखिरमा सत्ता प्रतिक्रियावादीहरुकै छ ।’

समस्या यहाँनिर छ । अहिले पनि वामपन्थीहरुको सरकार बन्छ । सत्ता त अरुकै छ । किनभने आज पनि हिजोदेखिको नोकरशाहीतन्त्र नै जारी छ । त्यो शिक्षितदीक्षित अर्कैमा छ । काम गर्ने, घुमाउने त्यसले नै गर्छ । अनि ? हामीले सरकार बनायौँ भनेर कति अर्थ रहन सक्छ ? यद्यपि, म भन्छु, त्यसो हुँदाहुँदै पनि गर्न सकिने कुराहरु थुप्रै छन् । तर, यी पार्टीहरु केही पनि गर्ने वाला छैनन् भन्ने छ मेरो दृष्टिकोण चाहिँ । गर्ने भए यिनीहरुको व्यवहार अलि अर्कै हुन्थ्यो । म त्यतातिर गइनँ अहिले ।
‘यसले सत्ताको आडमा प्रगतिवादी साहित्यकारलाई निषेध र दमन गर्दै आएको छ ।’

चौथो : ‘कोही विचारधारात्मक रुपबाट प्रष्ट छैन भने कोही बुझेर पनि नियोजित ढंगले समाजवादी चिन्तनद्वारा प्रगतिवादीलाई निषेध गरेका छन् ।’

विचारधारात्मक रुपबाट भनेको सिद्धान्तका दृष्टिकोणले प्रष्टता नहुनु हो । अहिलेको गोलमाल भनेको यही नै हो । हामी समाजवादी भइसक्यौँ, समाजवादी क्रान्तिमा अब जाने हो भन्ने खालका कुराहरु छन् यहाँ । नेपालको अर्थतन्त्र त्यो ठाउँमा पुगिने स्थिति छ भन्ने बिचार पनि छ । त्यो अर्को बहसको विषय भयो । तर, यहाँ बढी चाहिँ विचारधाराकै समस्या छ ।

अर्को कुरो यहाँ के छ भने, जानीजानी प्रगतिवादी साहित्यकारहरुले सम्मान पाउँदैनन् । कोही गायकहरुलाई राज्यले सम्मान गरिन्छ भने त्यस्ता सम्मान अरुले नै पाउँछन्, जीवन शर्माले पाउँदैनन्, रायनले पाउँदैनन्, रामेशले पाउँदैनन् । प्रगतिवादी गायकहरुलाई स्थापित गरिँदैनन् ।

क्रमश :…………………………

(Visited 383 times, 1 visits today)

टिप्पणी

comments