Main Menu

Sunday, October 30th, 2016

 

सिस्नुपानीले हान्दा नेताहरुले स्यूस्यु गरे

कार्तिक १४, काठमाडौं । आज दिउँसो प्रज्ञा भवन कमालादीमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टी नेता, सांसदलगायतका थुप्रै गण्यमान्यहरुलाई सिस्नुपानी नेपालका कलाकारहरुले साहित्य, संगीत तथा अभिनयकलाद्वारा मज्जाले सिस्नुपानी खन्याउँदा उनीहरुले स्यूस्यु गरे । दिपावली २०७३ को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठान र सिस्नुपानी नेपालद्वारा संयुक्त रुपमा मञ्चना गरिएको आजको हास्य व्यङ्ग्य देउसी कार्यक्रममा बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रधान सेनापति राजेन्द्र क्षेत्रीलगायत प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु, सचिवहरु गरी थुप्रै सरकारी पदाधिकारी तथा राजनीतिक नेताहरुको दर्शकका रुपमा उपस्थिति रह्यो । त्यस्तै गरी उक्त कार्यक्रममा प्रतिष्ठित कवि, साहित्यकार तथा कलाकारहरुकोपूरा पढ्नुहोस्