Main Menu

Friday, October 28th, 2016

 

म किन राजनीतिमा लागेँ ? कसरी लागेँ ? र कहिलेदेखि लागेँ ?

राणा शासनको अन्तिम दशकको पहिलो र दोस्रो वर्षको, अर्थात् वि.सं.१९९७/९८ सालतिरको कुरा हो । नेपालमा राणाहरुको फौजी शासन (Oligarchic rule) चलिरहेको थियो र हालका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका आदि मुलुकहरु समाहित दक्षिण एशियाली उपमहाद्वीपमा औपनिवेशिक राज गरिरहेको अंग्रेज साम्रााज्यवादले सन् १८१४ मा एक्कासी नेपालमाथि लाखौंको सेनाले आक्रमण गरेबाट शुरु भएको नेपाल र बृटिश–भारत बीचको युद्धको परिणामस्वप सन् १८१६ मा सुगौली सन्धि भएदेखि सुतेको नेपाल मस्त निद्रामै थियो र ब्युँझिसकेको थिएन । राणाहरु सिङ्गो नेपाललाई आफ्नो निजी बिर्ता ठान्दथे र नेपाली जनतालाई रैती सरह व्यवहार गर्दथे । नेपाली जनतालाई राजनैतिक अधिकारहरुबाट मात्रै होइन, सामान्य नागरिक अधिकारहरुबाट समेत बञ्चित गरिएका थिएपूरा पढ्नुहोस्


जातीय सवालबारे लेनिन

दक्षिण एसिया, मुख्यतः नेपाली समाजको सामन्तवाद सिधै वर्गीय चरित्रको नभएर बिभिन्न जातीय चरित्रमा व्यक्त भएको छ । हिन्दू वर्ण व्यवस्था प्रभावित समाजमा वर्ग र वर्ण एकै स्वरुपमा गुत्थिने जटिलता रहेको छ । अतः नेपालमा जातीय उत्पीडनको समस्या सिद्धान्ततः एकात्मक सामन्ती (अब दलाल तथा नोकरशाही पुँजीवादी) राज्यको उपज हुँदाहुँदै यो जातीय सामन्तवादका रुपमा थोपरिएको छ । दक्षिण एसियामा हिन्दू वर्ण व्यवस्था प्रारम्भ हुँदा त्यसले कथित ब्रम्हाको मुखबाट ब्राम्हण, पाखुराबाट क्षेत्रीय, घुँडाबाट वैश्य र पैतालाबाट शूद्रको जन्म हुनेजस्ता घोर अवैज्ञानिक धारणा प्रचार गर्यो । त्यसैद्वारा दीक्षित उत्तर भारतका हिन्दूहरु एघारौं शताव्दीपछि मुसलमानको आक्रमणबाट जोगिन नेपाल प्रवेश गरे । पृथ्वीनारायण शाहले नेपाललाई असलीपूरा पढ्नुहोस्


ऐतिहासिक भौतिकवाद के हो ?

(कोरा आर्थिक निर्धारणवाद (determinism) मा नफस्ने गरी चेतना, दृष्टिकोण र व्यवहारमा आर्थिक–सामाजिक सम्बन्ध बनावटको निर्णायक भूमिका बुझ्ने हो भने ऐतिहासिक भौतिकवादको सही बुझाइ जरुरी हुन्छ । यो विषयमा अलमल लिनु कुनै नौलो कुरा नभएको एंगेल्सले लेखेका यो पत्रले प्रमाणित गर्छ । यस पत्रमा एंगेल्सको पालाको जर्मन राज्यको इतिहासको उदाहरण छ । यो इतिहासको उदाहरण पूरा बुझ्नका लागि थप अध्ययन गर्नुपर्ने हुन्छ । तैपनि त्यो उदाहरण थाती राखेर पनि उनका सार कुरा बुझ्न सकिन्छ । उनले भनेका छन्, ‘मानिसको सोच, बुझाइ र कार्यको भूमिका एकसाथ महत्वपूर्ण हुन्छ ।’ एंगेल्सको यो भनाइले निम्न तीन कुराबारे अलि गहिरो रुपमा सोच्न र बुझ्न जोडपूरा पढ्नुहोस्


माओकी सहयात्री च्याङचिङ

साँस्कृतिक क्रान्ति ताका पार्टी बैठकमा बोल्दै चियाङ चिङ विश्वलाई सम्पूर्ण रुपमा रुपान्तरण गरी विश्वमा रहेका वर्ग तथा सामाजिक असमानताहरुलाई उन्मुलन गर्ने माओको दूरगामी दिशावोधको पक्षमा लड्दालड्दै १५ वर्षसम्म जेलमा राखेर उनको अमानवीय हत्या गरियो । उनै महान् नेतृ हुन्, चिङ च्याङ । च्याङचिङको जन्म सन् १९१० मा चीनको सानतुङ प्रान्तमा भएको थियो । उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनका बाबु माटाका भाँडाहरु बनाउने काम गर्थे । उनका बाबु निकै रिसाहा स्वभावका थिए । पैसा कमाउन नसक्दा उनलाई निकै रिस उठ्ने गथ्र्यो । परिवारका सदस्यलाई कुटेर रिस शान्त बनाउँथे । च्याङको परिवारले निकै दिन भोकभाकै पनि बस्नुपरेको थियोपूरा पढ्नुहोस्