Main Menu

Monday, October 31st, 2016

 

प्रा.माणिकलाल श्रेष्ठलाई सम्मान

कार्तिक १५, काठमाडौं । नेपाल सम्वतको प्रमाणिकता र महत्ववारे अध्ययन–अनुसन्धान गरी सत्यतथ्य जनसमक्ष ल्याएर यस सम्वतको प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरेकोलाई कदर गर्न प्राध्यापक माणिकलाल श्रेष्ठलाई राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान मध्यपुर थिमीले आज एक कार्यक्रमको आयोजना गरी सम्मान गर्यो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सम्वतको प्रचार प्रसारमा विगत तीन दशकदेखि अनवरत क्रियाशील रहँदै आएको नेपालभाषा मंका खलः यललाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको हातबाट सम्मान पत्र ग्रहण गरिसकेपछि प्रा.माणिकलाल श्रेष्ठले मन्तव्य व्यक्त गर्दै आजको दिनमा नेवार समुदायले गर्दै आएको म्हःपूजाको परम्परा नेपाल सम्वत सुरु हुनुभन्दापूरा पढ्नुहोस्


नव वर्ष नेपाल सम्वत ११३७ लाई स्वागत

कार्तिक १५, काठमाडौं । नेपालको आफ्नै मौलिकता र इतिहास बोकेको नेपाल सम्वतको नयाँ वर्ष ११३७ लाई राजधानीलगायत देशका बिभिन्न शहरहरुमा बिभिन्न कार्यक्रम गरी भव्य स्वागत गरिएको छ । चन्द्र पात्रोअनुसार चल्ने यो सम्वतको नयाँ वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदाको दिनमा आउने गर्दछ । यो सम्वत आजभन्दा ११३६ वर्षअगाडि समाजसेवी शंखधर साख्वाले नेपाल मण्डलका दास परिवारहरुलाई आफ्नै धन खर्ची उनीहरुको ऋण चुक्ता गरिदिएर प्रचलनमा ल्याएको तथ्य इतिहासमा उल्लेख छ । यो तथ्यलाई सर्वप्रथम इतिहासकार भुवनलाल प्रधानले शिलालेखहरुमा उल्लेखित प्रमाणहरुको आधारमा प्रकाशमा ल्याएका हुन् । शंखधर साख्वाले कार्तिक शुक्लपक्ष प्रतिपदाको दिनमा दासहरुको ऋण चुक्ता गरिदिएर यो सम्वत चलाएको कारणले यसको नयाँ वर्ष सोपूरा पढ्नुहोस्