Main Menu

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत्र १६, काठमाडौंँ । प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कारमा डा. अधिकारीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको बताउँदै चीनले स्थानीय तहको चुनावकै लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतालगायत कारणले भ्रमण पूर्णरुपमा सफल भएको बताए ।

अघिल्लो सरकारको पालामा नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनोन्मुख रहेको बताउँदै उनले त्यसलाई अगाडि बढाउन द्विपक्षीय गृहकार्य भइरहेको जानकारी गराए ।

कार्यक्रममा चीनका लागि पूर्वराजदूत टङ्क कार्कीले प्रधानमन्त्रीको चीन भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न सफल भएको बताउँदै प्रधानमन्त्रीले क्षेत्रीय बहुआयामिक मञ्चमा सम्बोधन गरेकाले नेपालको लागि ठूलो उपलब्धि भएको टिप्पणी गरे । उनले चीनले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनका बारेमा बारम्बार चासो देखाएको विचार व्यक्त गरे ।

(Visited 81 times, 1 visits today)

टिप्पणी

comments