Main Menu

पत्रपत्रिका

चिनियाँ कम्पनीको प्रस्तावको पर्खाइमा निगम

चीनसँग इन्धन खरिद प्रक्रिया पूरा

killing-vehicle-back-law

कार्तिक ३०, काठमाडौँ । नेपाल आयल निगमले चीनसँग कागजात तथा आवश्यक विवरण पेस गरी इन्धन खरिद पूर्वका सबै प्रक्रिया पूरा गरेको छ । अब चीनको प्रस्तावको पर्खाइमा रहेको निगमले जनाएको छ । कम्पनीको वासलातदेखि अन्य कागजात पेट्रो चाइना कम्पनी लिमिटेडेलाई पठाइसकेको निगमले जनाएको छ । ‘शनिबार सबै विवरणसहित कम्पनीको क्रेडिट कन्ट्रोलमा निगमको नाम दर्ता भइसकेको छ । अब उसको प्रस्तावको पर्खाइमा छौं,’ निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले भने, ‘हामीले निरन्तर फलोअप गरिरहेका छौं । सायद चाँडै प्रस्ताव आउला ।’ अब पेट्रो चाइनासँग निगम इन्धनको प्रकार, मूल्य र ढुवानीको बृहत् विषयमा छलफल गरी सम्झौता गर्ने पर्खाइमा रहेको उनले बताए ।पूरा पढ्नुहोस्