Main Menu

August, 2018

 

नेपालमा भिजन ट्वान्टी-ट्वान्टी

भदाै १४, नेपालगञ्ज नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभर सञ्चालनमा ल्याइएको हो । सन् २०२० सम्म सञ्चालन हुने उक्त कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा लिएको छ । भिजन ट्वान्टी—ट्वान्टीले मोतियाविन्दु, जलविन्दु,पूरा पढ्नुहोस्


प्रत्येक वडामा फ्रि वाइफाइ

भदाै १४, बैतडी बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ । उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।पूरा पढ्नुहोस्


विद्यालयलाई सहयोग

भदाै १४, म्याम्याग्दी अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व‍.आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पुर्याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक रु १२ हजारका दरले सो रकम उपलब्ध गराउनुभएको हो । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्रपूरा पढ्नुहोस्


कार्कीलाई मदन र मानन्धरलाई जगदम्बाश्री पुरस्कार

भदाै ११, काठमाडौँ मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  गुठीले आज कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि रु दुई लाख रहनेछ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।  मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’,पूरा पढ्नुहोस्


निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

भदाै ११, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गरेकाले राज्यले त्यसको दायित्व लिनुपर्नेमा जोड दिनुभयो । नेता भट्टराईले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रका निजी लगानीलाई सधैँ छाडा छोड्न हुँदैन, हाल सञ्चालित रहेकाहरुले आफ्नो बन्दोबस्त गर्दा हुन्छ, अब नयाँ निजी विद्यालय र अस्पताल खोल्न दिनु हुँदैन ।” उहाँले हालका निजी विद्यालय र अस्पताललाई सार्वजनिक निजी साझेदारी, सहकारी,पूरा पढ्नुहोस्


औषधिको मूल्य सरकारले तोक्ने -स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

भदाै १०, काठमाडौँ “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।” “विदेश उपचार गर्न जानुपरे उहाँहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा (जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक) संशोधन हुनु आवश्यक छ ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका सांसदले व्यक्त गर्नुभएका यस्ता भनाइलाई प्रायः प्रतिपक्षका सांसदले कमै समर्थन गर्नुहन्छ तर सत्ता पक्षका सांसद खगराज अधिकारीले भदौ ५ गतेको प्रतिनिधिसभाको बैठकमा व्यक्त गर्नुभएका ती भनाइलाई प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले खुलेर समर्थन गर्नुभयो । उहाँहरु दुवै पूर्व स्वास्थ्यमन्त्री हुनुहुन्छपूरा पढ्नुहोस्


डुङ्गा दुर्घटना-दुईको शव फेला

भदाै १०, गौर डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ । डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । ओमप्रकाश डुङ्गाका सहचालक हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो । पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गापूरा पढ्नुहोस्


कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

भदाै १०, लहान सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए । बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्रपूरा पढ्नुहोस्


तराई मधेशमा रक्षाबन्धनको उल्लास

भदाै १०, महेन्द्रनगर, धनुषा जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासुत्र) बाँधेर एक अर्कालाई दीर्घायुकोपूरा पढ्नुहोस्


कुटपिटबाट मृत्यु, वृद्धलाई बाढीले बगायो

भदाै १०, लहान आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।पूरा पढ्नुहोस्