Main Menu

September, 2018

 

प्रेस युनियनको सभापतिमा शर्मा

असोज ७, पाल्पा प्रेस युनियन पाल्पाको आठौँ अधिवेशनबाट सभापतिमा भरत शर्मा निर्वाचित हुनुभएको छ । यसअघि पनि शर्माले युनियनको सभापति रही जिम्मेवारी बहन गर्नुभएको थियो । युनियनको उपसभापतिमा खुलातर्फ पुष्करराज रेग्मी, उपसभापतिमा महिलातर्फ मन गैरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णुप्रसाद खनाल र सहसचिवमा सरस्वती दङ्गाल रहनुभएको छ । त्यसैगरी सदस्यमा सुमन कार्की, भविश्वर पौडेल, बिष्णुप्रसाद पाण्डे, सङ्गीता थापा, सरिता रेग्मी, दानबहादुर हिस्की, जीवन तिवारी र इमानसिं राना रहनुभएको छ । यसैबीच, युनियनको अधिवेशनका क्रममा नौ पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारिता एवं आम सञ्चारको विकासको क्षेत्रमा योगदान गरेको भन्दै स्व लक्ष्मण घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट मूर्ति न्यौपाने पुरस्कृत हुनुभएको छपूरा पढ्नुहोस्


शिशुको हत्या अभियोगमा आमा पक्राउ

असोज ७, बेत्रावती आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकोपूरा पढ्नुहोस्


पचास परिवार ४७ वर्षदेखि एउटै इनारमा निर्भर

असोज ७, भद्रपुर समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो । टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् । त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेलपूरा पढ्नुहोस्


प्रधानमन्त्री ओली अबुधाबीमा

असोज ७, अबुधाबी प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ । अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गर्नुभयो । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछपूरा पढ्नुहोस्


श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

असोज ६, बागलुङ् सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्राथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।


व्यावसायिक कफी खेती शुरु

असोज ६, दमौली तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो । “विसं २०५२\५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भन्नुभयो । त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१\७२ देखि भने कफीको राम्रोपूरा पढ्नुहोस्


आँखा शिविर सञ्चालन

असोज ६, मेलम्ची मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो । मेलम्ची नगरपालिकाका ज्योतिषगाउँ, धुसिचौर, ज्यामिरे, क्यौरानी र मेलम्ची, हेलम्बु गाउँपालिकाको चनौटे र तिम्बू, पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सञ्चालित आँखा शिविरमा आएकाको शल्यक्रिया गर्नुपर्नेलाई मेलम्चीमा बोलाएर शल्यक्रिया गरिएको हो । वरिष्ठ आँखा विशेषज्ञ सन्दुक रुइतको निगरानीमा शल्यक्रिया गरिएको मेलम्ची सामुदायिक आँखा केन्द्रका अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । आफ्नै घर आँगनमा सेवा पाउँदा स्थानीयवासी धेरै खुशी भएका छन् । ‘शल्यक्रियाका लागिपूरा पढ्नुहोस्


महिला हिंसाको विरोधमा आन्दोलन गर्ने

असोज ६, काठमाडौँ नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (भोलि) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताउनुभयो । अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिलापूरा पढ्नुहोस्


जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

असोज ६, भक्तपुर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उहाँले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पु¥याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै उहाँले हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्तपूरा पढ्नुहोस्


अब त आश मरिसक्योः बेपत्ता परिवार

असोज ६, बाँके खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था अहिलेसम्म अज्ञात छ । घरमूलीलाई बेपत्ता पारिएपछि पाठक परिवार कोहलपुर नगरपालिका–११ मा बस्दै आएको छ । पति नहुँदा दुई नाबालक छोरालाई हुर्काउन आफूले ठूलो सङ्घर्ष गर्नुपरेको उहाँ भन्नुुहुन्छ, “नाबालक छोराहरुको आफ्नै लालनपालन गर्दै श्रीमान्को न्यायका लागि लड्न थालेको १९ वर्ष पुगिसक्यो तर पनि न्यायको अनुभूति गर्न पाएका छैनौँ, बरु पीडामाथि पीडा थपिएकोपूरा पढ्नुहोस्