Main Menu

Sunday, October 8th, 2017

 

मखानखेती लोप हुँदै

असोज २२, गौशाला मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत मखानखेती महोत्तरी जिल्लाबाट विस्तारै लोप हुन थालेको छ । बदलिँदो समयसँगै जिल्लाका सयाैँ मखान पोखरीमा माछापालन गर्न थालिएपछि महोत्तरीबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडपर्व, पूजाआजा, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यका साथै मनुष्य मात्रको श्राद्ध कर्म समेतमा मिथिलामा मखानको प्रयोग हुनेगर्छ । मखान व्यवसायीका लागि राम्रो आयआर्जन गर्ने माध्यम मात्र नभै मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि भएको सँस्कृतिविद्हरु बताउँछन् । मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका रामविवेकपूरा पढ्नुहोस्


३ सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

असोज २२, रसुवा नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक/कन्टेनर धमाधम केरुङ जान थालेका छन् । बडादशैँयता ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक/कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताए । साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक/कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ । चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।


उत्तर कोरियालाई तह लगाउन ‘एउटा चिज’ले मात्र काम गर्छ – राष्ट्रपति ट्रम्प

असोज २२, वाशिङ्टन उत्तर कोरियाको सामना गर्ने सन्दर्भमा एउटा चिजले मात्र काम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले बताएका छन् । ‘अमेरिकी राष्ट्रपति र तिनका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासित वार्ता गर्दै आएको छ, सहमति गर्दै आएको छ र व्यापक मात्रामा पैसा तिरिएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘तर कुनैले काम गरेको छैन । सहमतिहरु मसी सुक्न नपाउँदै उल्लंघन भएका छन्, अमेरिकी मध्यस्तकर्ताहरुलाई मूर्ख बनाइरहेको छ । एउटै चिजले काम गर्छ अब ।’ त्यो ‘एउटा चिज’ के हो भन्ने कुरा भने राष्ट्रपति ट्रम्पले खुलाएनन् । पछिल्लो समय उत्तर कोरियाले लगातार आणविक परीक्षण गर्दै आएपछि यी दुई देशबीच विवाद बढ्दै गएकोपूरा पढ्नुहोस्


एउटै गाउँपालिकाका ४ सय घरधुरी लालपुर्जाविहीन

असोज २२, अछाम अछामको मेल्लेख गाउँपालिका–३ का ४०० घरधुरी जग्गाधनी पुर्जा (लालपुर्जा)बाट अहिले पनि वञ्चित छन् । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो । अछामको पुनःनापी कार्य भएसँगै विसं २०७१ मा विशेष नापी अछामले नापनक्सा कार्य सम्पन्न भए पनि लालपुर्जा पाउन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । लालपुर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उनको भनाइ छ । जग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानीपूरा पढ्नुहोस्


पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

असोज २२, नगरकोट चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ । सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापा निर्वाचित भएपछि पर्यटन व्यवसायको अवस्थाका बारेमा जनप्रतिनिधिले बुझ्छन् होला भन्ने लागेको थियोपूरा पढ्नुहोस्


राइनो संरक्षण गोल्डकप प्रतियोगिता

congress-leader-aryal-construct-20-houses

असोज २२, नवलपरासी राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु. ५ लाख २५ हजार ५५५ र द्धितीय हुनेले रु. २ लाख ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा जैविक विविधता र गैँडा संरक्षणको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल संघ – एन्फाका केन्द्रीय सदस्यपूरा पढ्नुहोस्


क्याटालोनियाले स्वतन्त्रताको विषयमा गर्ने कुनै पनि घोषणा मान्य हुँदैन – स्पेनी प्रम राखोइन

असोज २२, माड्रिड क्याटालोनियाले स्वतन्त्रताको विषयमा गर्ने कुनै पनि घोषणा मान्य नहुने स्पेनी प्रधानमन्त्री मारियानो राखोइले बताएका छन् । एल पाइस पत्रिकासितको एक अन्तरवार्तामा प्रधानमन्त्री राखोइले जारी संकटलाई समाधान गर्न कुनै पनि मध्यस्थता नगरिने पनि बताए । यद्यपि, यसबाट क्याटालोनियाको स्वायत्त शासनको अधिकार खारेज भएको भन्ने कुरा सही नभएको उनले स्पष्ट पारे । गत आइबार क्याटालोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मतदाताले स्पेनबाट स्वतन्त्रताको पक्षमा मतदान गरेपछि उत्पन्न संकटले अहिले स्पेनको राजनीति तरङ्गित छ । मतदानमा ४३ प्रतिशत मात्र मत खसेको थियो । मतदानको परिणामपछि दुबै पक्षमा थुप्रै प्रदर्शनहरु भइरहेका छन् । राजधानी म्याड्रिडमा हजारौँ नागरिकहरु स्पेनको ‘एकता’को लागि प्रदर्शनमापूरा पढ्नुहोस्


तरकारीको मूल्यमा दोब्बर वृद्धि

असोज २२, विराटनगर चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।  कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् ।  नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगरपूरा पढ्नुहोस्


चन्द्रागिरीमा बुद्धिजीवी संगठन गठन

congress-leader-aryal-construct-20-houses

  असोज २२, काठमाडौँ चन्द्रागिरी नगरपालिकामा नेपाल बुद्धिजीवी संगठनको शाखा गठन भएको छ । नगरपालिकाको वडा नं. १२ मा आयोजित भेलामा दिवाकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त संगठनको उपाध्यक्षमा मोहन पोखरेल, सचिवमा बुद्ध श्रेष्ठ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ छन् । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य डा. विजय पौडेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि बुद्धिजीवीले प्रभावकारी भूमिका खेल्न सक्नुपर्ने बताए । नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, एमाले प्रदेश नं ३ का सदस्य शरण थापा, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका प्रदेश नं– ३ का सचिवालय सदस्य वसन्तकुमार खत्री, पेशागत महासंघका उपाध्यक्ष कृष्णमान श्रेष्ठ, एमालेका वडा नं– १२ का अध्यक्ष लक्ष्मण तण्डुकारलगायतलेपूरा पढ्नुहोस्


ओली सिरहा क्षेत्र नं १ बाट चुनाव लड्ने

  असोज २२, लहान आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए । यस्तै, एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ । प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए । नयाँपूरा पढ्नुहोस्