Main Menu

Tuesday, July 25th, 2017

 

डच भलिबल संघले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने

  साउन १०, काठमाडौँ । नेदरल्यान्डस भलिबल संघले नेपाली भलिबल राष्ट्रिय टोलीलाई आगामी दुई वर्षका लागि प्रशिक्षक उपलब्ध गराउने भएको छ । सम्झौतामा नेदरल्यान्डस भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक तथा बल र नेटलगायत सामग्री उपलब्ध गराइने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाइने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय छवि उजिल्याउन पहल गरिने र नेपाली प्रशिक्षकलाई तालिम दिइने उल्लेख छ । सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेदरल्यान्डस भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हिजो यहाँ सम्झौतामा हस्ताक्षर गरे । सो अवसरमा टरेलले नेपाली भलिबललाई उचाइमा पुर्याउन नेदरल्यान्डस भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिबद्धतापूरा पढ्नुहोस्


संविधान संशोधन प्रक्रियामा सहयोग गर्न काँग्रेसको अपिल

  साउन १०, काठमाडौँ । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयकको संशोधन प्रक्रियामा सहयोग गर्न प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई अपिल गरेको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा हिजो सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संशोधन विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको हो । संसद्मा विचाराधीन संविधान संशोधन विधेयक पूर्वसहमति अनुरुप पेश गरी पारित गर्न पार्टी तयार रहेको जनाउँदै बैठकले नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न काँग्रेस प्रतिबद्धपूरा पढ्नुहोस्